नेपालले पायो १२९ रनको लक्ष्य


काठमाडौं। मध्यक्रमका ब्याटर अक्षदीप नाथको अर्धशतकको सहयोगमा घरेलु टोली नेपाललाई युएई १२९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट रंगशालामा दोस्रो टी२० खेलमा टस हारेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाए १२८ रन बनायो।

यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए। उनले ४२ बलमा ३ चौकार ४ छक्का प्रहार गरे। अदीव उसबानीले ३० रन बनाउँदा महोमद आरफ्यान ३२ रन बनाएर सन्दीपको बलिङमा कप्तान दिपेन्द्रको हातबाट क्याच आउट भए। सातौं विकेटका लागि मोहमद र अक्षयदीपले ६४ रनको साँझेदारी गरे।

लगत्तै सन्दीपले पुन दिपेन्द्रको हातबाट कुजयमा तनबिरलाई शून्य रनमा आउट गराए।

नेपालका सन्दीप लामिछाने तीन, हेमन्त धामी दुई तथा नन्दन यादव र साहब आलयमले समान एक विकेट लिए।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको