काठमाडौं। पाहुना ओमानले नेपाल ‘ए’ लाई जितको लागि २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनायो।
ओमनका लागि मुजिबर अलि ८५ बलमा ७२ रन बनाएर आउट भए। उनले चार चौका र तीन छक्का प्रहार गरे। यस्तै, जतेन्दर सिंहले ४८ बलमा ९ चौका र एक छक्काको सहयोगा ५८ रनको अर्धशतकीय पारी खेले।
हसिर डाफेदरले ४६, आशिष ओडेराले २७, विनायक सुक्लाले २५ रन बनाए।
नेपालका आकाश चन्दले चार विकेट र सन्तोष यादवले दुई विकेट लिए। शेर मल्ल, राशिद खान र शाहव आलमले समान एक विकेट लिए।
पहिलो विकेटका लागि जतेन्दर र आशिषले ८९ रनको साँझेदारी गर्दै ओमानलाई राम्रो सुरुआत गरेका थिए। यसगरी चौथो विकेटका लागि मुजिबर र हसिरले ९१ रनको शानदा साँझेदारी गरे।
यस्तै सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ।


