काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको १०औं संस्करणमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार सम्पन्न महिलातर्फको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा ३–० ले पराजित गर्यो।
पुलिसले २५–१२, २५–२२ र २५–१८ को जित निकाल्दै प्रतियोगितामा दोस्रो लगातार सफलता हात पारेको हो।
यसअघि आफ्नो पहिलो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई पनि ३–० को सोझो सेटमा हराएको थियो।
यता, सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। सुदूर पहिलो खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबसँग पनि सोझो सेटमा पराजित भएको थियो।


