भोजपुर जिल्ला फुटबल संघ च्याम्पियन


काठमाडाैं। नवौं मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टाेली भोजपुर जिल्ला फुटबल संघले जितेको छ।

भोजपुर रंगशालामा सम्पन्न शनिबार फाइनलमा भोजपुरले सातदोबाटो फुटबल क्लबलाई २–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। घरेलु टोली भोजपुरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसँगै ५ लाख रुपैयाँ नगद र ट्रफी हात पार्‍यो। उपविजेता सातदोबाटोले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो।

फाइनल खेलमा भोजपुरका सन्तोष तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए। टोलीका समीर क्षेत्री उत्कृष्ट गोलकिपर चुनिए भने बिनम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए।

प्रतियोगिताको सर्वाधिक गोलकर्तामा भोजपुरका दोर्जी तामाङ, सातदोबाटोका समीर तामाङ र एपीएफका हरि कार्की संयुक्त रूपमा सम्मानित भए।

यस्तै, भोजपुरका विवेक राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। गत वैशाख ६ गतेबाट सुरु भएकाे प्रतियाेगितामा आठ टोली सहभागी थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको