सज्जन शर्माको अध्यक्षतामा यती फुटबल क्लबको १७ सदस्यीय समिति चयन


काठमाडौं। अष्ट्रेलियामा आधारित यती फुटबल क्लबले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गर्दै सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।

क्लब २५औं वर्षमा प्रवेश गर्ने क्रममा साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। सन् २००१ मा स्थापना भएको यती एफसीले सिल्भर जुबिली उत्सवको तयारीलाई पनि औपचारिक रुप दिएको छ।

साधारण सभामा निवर्तमान अध्यक्ष कर्ण राना नेतृत्वको कार्यसमितिको योगदानको प्रशंसा गर्दै क्लबले उनीहरुलाई धन्यवाद ज्ञापन गरेको छ। रानाको नेतृत्वमा क्लबले आफ्नो पहिचान मजबुत बनाएको बताइएको छ।

नवगठित कार्यसमितिमा आशिम पन्त र ज्ञान श्रेष्ठलाई उपाध्यक्षमा, सचिवमा चाँदनी रुक्सान राई, सह–सचिवमा अभियान प्रधान, कोषाध्यक्षमा विपस्ना लामा र सह–कोषाध्यक्षमा पंकज लामिछाने चयन भएका छन्।

त्यस्तै १७ सदस्यीय बोर्डमा अनामिका राई गुरुङ, राज शर्मा, कर्ण राना, हरि गुरुङ, प्रचन श्रेष्ठ, भरत राना, निराजन गुरुङ, विशन गुरुङ, उकेश श्रेष्ठ, राज सापकोटा, रोशन श्रेष्ठ, अरुण श्रेष्ठ, सुन्दर कार्की, प्रवीण गुरुङ, एलन न्यौपाने र वियांका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको