मैत्रीपूर्ण खेलमा एट्लेटिकोलाई हराउँदै युनाइटेड विजयी

काठमाडौं। प्रिसिजनअन्तर्गतको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गरेको छ।

स्विडेनको सोल्नास्थित स्ट्रबेरी एरेनामा शनिबार सम्पन्न खेलमा सुरुआती अग्रता एट्लेटिकोले लिएको थियो। अर्नाउ ओर्टिजले खेलकाे पाँचाैं मिनेटमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए। त्यसपछि युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।

युनाइटेडको जितमा ब्रायन म्बेउमो नायक बने। उनले दोस्रो हाफमा दुई गोल गर्दै टोलीलाई जित दिलाए। म्बेउमोले पहिलो गोल पेनाल्टीमार्फत ५३औं मिनेटमा गरेका थिए भने गर्काे गाेल ७४औं गोल गर्दै युनाइटेडको पुनरागमन पूरा गरे।

नयाँ सिजनको तयारीस्वरूप खेलिएको यस मैत्रीपूर्ण खेलमा युनाइटेडले उत्साहजनक प्रदर्शन गर्दै प्रिसिजनमा अर्को महत्त्वपूर्ण जित दर्ता गरेको हो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको