काठमाडौं। बंगलादेशमा आयाेजना हुने साफ च्याम्पियनसिप २०२६ को (ड्र) सार्वजनिक भएको छ। नोभेम्बर ४ देखि १७ तारिखसम्म हुने प्रतियोगिताको समूह विभाजनमा हाल नेपाल समावेश गरिएको छैन।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा समावेश नगरिएको हो। तर, प्रतियोगिता सुरु हुनुअघि फिफाको निलम्बन फुकुवा भए नेपाल समूह ‘ए’ मा रहने साफले जनाएको छ।
सार्वजनिक गरिएको समूह विभाजनअनुसार समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ।
यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन्। नेपालको सहभागिता भने फिफाले एन्फामाथि लगाएको निलम्बन फुकुवा हुने वा नहुने निर्णयमा निर्भर रहनेछ।