रुकुम पश्चिम र हेल्प नेपाल उपाधिका लागि भिड्ने


काठमाडाैं। रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र हेल्प नेपाल स्पाेर्ट्स क्लब १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ उपाधिका लागि खेल्ने भएकाे छन्।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेपकाे कर्डहलमा सम्पन्न लिग चरणकाे आफ्नाे अन्तिम खेलमा रुकुमले नेपाल पुलिस क्लबलाई ३–१ काे सेटमा हराउँदै फाइनल प्रवेश गरेकाे हाे।

पहिलाे सेट २५–२२, दाेस्राे सेट ३०–२८ ले आफ्नाे पक्षमा पारेकाे रुकुमले तेस्राे सेट २५–१६ ले गुमाएकाे थियाे। चाैथाे सेटमा २५–१६ ले जित निकाल्दै हेल्प नेपालसँगकाे भेट् पक्का गरेकाे हाे।

यसअघि लिग चरणकाे खेलमा रुकुम ३–० काे सेटमा पराजित भएकाे थियाे।

यस्तै अन्तिम खेलमा हेल्प नेपाल आर्मीसँग ३–० काे सेटमा पराजित हुँदा एपीएफले काेशी प्रदेशलाई ३–१ तथा बुढानिलकण्ठले खिल्जी युवा क्लबलाई ३–२ काे सेटमा हराउँदै पहिलाे जित दर्ता गरेकाे थियाे।

लिगमा ७ खेलबाट ६ जित र एक हार ब्यहाेरेकाे रुकुम र हेल्प नेपालकाे समान १८ तथा १५ अंक जाेडेकाे पुलिस तेस्राे हुँदा १४ अंक जाेडेकाे आर्मी चाैथाे भयाे।

समान ७ अंक जाेडेकाे एपीएफ खिल्जी क्रमश पाँचाैं र छैठाैं स्थानमा रहँदा ४ अंकसहित काेशी प्रदेश साताैं तथा दुई अंकसहित बुढानिलकण्ठ पूछारमा रह्याे।

यता, महिलातर्फ नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पाेर्ट्स क्लब उपाधिका लागि खेल्नेछ। याे फाइनल खेल दिउँसाे १ बजे हुने छ भने पुरुषतर्फ दिउँसाे ३ बजेबाट सुरु हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको