पोखरा महिला गोल्डकप : घरेलु टोलिलाई हराउँदै पुलिस फाइनलमा


काठमाडौँ। पोखरा महिला गोल्डकपको पहिलो खेलमै नेपाल पुलिस क्लबले घरेलु टोली आरएस पोखरालाई ८-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

पुलिसका लागि फर्वाड रेखा पौँडेलले एक्लै पाँच गोल गरिन्।

प्रतियोगितामा चार टोलिको सहभागिता रहेको छ। दोस्रो सेमिफाइनल खेलमा संकटा एफसी र त्रिभुवन आर्मी एफसीबिच खेल हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ। सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ३०–३० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने फेयर प्ले टिमलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको