साउदी प्रो लिग : अल नासर ३–१ ले पराजित


काठमाडाैं। साउदी प्रो लिगअन्तर्गतको अल काद्सियाले अल नासरलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। याे हारसँगै नासर ३१ खेलबाट ७९ अंकसहित शीर्ष स्थानमै छ। एक खेल कम खेलेकाे अल हिलाल ७४ अंकसहित दाेस्राे स्थनामा छ। जितसँगै अल काद्सियाले ३१ खेलबाट ६८ अंक जोड्दै तालिकाको चौथो स्थानमा आफूलाई बलियो बनाएको छ।

खेलको २४औँ मिनेटमा मोहम्मद अबुलशामतले गोल गर्दै अल काद्सियालाई अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा जोआओ फेलिक्सले गोल फर्काउँदै अल नासरलाई खेलमा बराबरी दिलाए र पहिलो हाफ १–१ को अवस्थामा सकियो।

दोस्रो हाफमा अल काद्सियाले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो। ५५औँ मिनेटमा मुसाब अल-जुवैरले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि ७८औँ मिनेटमा जुलियन क्विनोनेसले गोल थप्दै अल काद्सियाको जित सुनिश्चित गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको