ब्रेन्टफोर्डमाथि सिटीको सहज जित

काठमाडाैं। म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि सहज जित दर्ता गर्दै उपाधि दौडलाई थप रोमाञ्चक बनाएको छ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सिटीले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेकाे हाे।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन जेरेमी डोकु, एर्लिङ हालान्ड र ओमार मार्मुसले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गरेको थियो।

खेलको ६०औं मिनेटमा जेरेमी डोकुले शानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि ७५औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा ओमार मार्मुसले गोल थपेपछि सिटी ३–० ले विजयी बन्यो।

यस जितसँगै सिटीले ३५ खेलबाट ७२ अंक पुर्‍याएको छ। सिटी शीर्ष स्थानमा रहेको आर्सनल भन्दा दुई अंकले पछि रहेको छ। यता, ब्रेन्टफोर्डको ३६ खेलबाट ५१ अंक रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको