काठमाडाैं। नेपाल क्रिकेट संघले विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाबाट महत्वपूर्ण निर्णयहरू गरेको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्नुका साथै सन् २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पारित गरेको छ।
यस्तै, नेपाल प्रिमियर लिगबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। जिल्लाले सञ्चालन गर्ने कार्यक्रमका आधारमा थप ‘स्कोर कार्ड ग्रान्ट’ दिने व्यवस्था पनि गरिएको छ।
यसैगरी, अब प्रत्येक वर्ष डिसेम्बरमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, लाइफटाइम एचिभमेन्ट र ‘मोमेन्ट अफ द इयर’ लगायत विधामा ‘क्यान वार्षिक अवार्ड’ घोषणा गरिने भएको छ।