काठमाडाैं। साउदी प्रो लिगअन्तर्गत मंगलबार राति सम्पन्न रोमाञ्चक खेलमा अल नासर र अल हिलालले १–१ गोलको बराबरी खेलेका छन्।
बराबरीसँगै जारी लिगमा ३३ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमा रहेको अल नासरले उपाधि जित्न अझै एक खेल कुर्नुपर्ने भएको छ। अल हिलाल भने ३२ खेलबाट ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ।
क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरले लिगमा एक खेल बाँकी रहँदा ५ अंकको अग्रता बनाएको छ। अब बाँकी खेलमा जित निकाल्न सके अल नासरले लिग उपाधि जित्नेछ। यता, अल हिलालले भने अझै दुई खेल खेल्न बाँकी छ।
अल नासरका लागि ३७औँ मिनेटमा मोहम्मद सिमाकानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलभर अग्रता जोगाइरहेको अल नासर इन्ज्युरी समयमा आत्मघाती गोलको सिकार बन्यो। गोलरक्षक बेन्टोबाट आत्मघाती गोल भएपछि अल हिलाल खेलमा फर्किन सफल भएको हो।


