काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सर्वाधिक विकेट लिने बलरको कीर्तिमान थप मजबुत बनाएका छन्।
स्कटल्यान्डविरुद्धको खेलमा ४ विकेट हात पार्दै सन्दीपले आफ्नो कुल विकेट संख्या १०७ पुर्याएका हुन्। उनले यो उपलब्धि केवल ४९ इनिङ्समै हासिल गरेका छन्, जसले उनलाई प्रतियोगिताको सबैभन्दा सफल बलर बनाएको छ।
विश्वकप लिग–२ को सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो स्थानमा नामिबियाका बर्नार्ड स्कोल्ट्ज रहेका छन्। उनले ६१ इनिङ्समा ९४ विकेट लिएका छन्।
तेस्रो स्थानमा अमेरिकाका सौरभ नेत्रावलकर छन्। उनले ५३ इनिङ्समा ९३ विकेट हात पारेका छन्। यस्तै, चौथो स्थानमा ओमानका बिलाल खान रहेका छन्। उनले ३९ इनिङ्समा ८२ विकेट लिएका छन्।
स्कटल्यान्डका देब्रेहाते स्पिनर मार्क वाट ५४ इनिङ्समा ८१ विकेटसहित पाँचौं स्थानमा रहेका छन्।


