काठमाडौं। राष्ट्रिय किक बक्सिङ संघ नेपालको आयोजनामा आठौं राष्ट्रिय किक बक्सिङ प्रतियोगिता असारमा हुने भएको छ।
प्रतियोगिता असार १० देखि १३ गतेसम्म काठमाडौं महानगरापलिका वडा २९ मा हुनेछ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले प्रतियोगिताको पोस्टर बिहीबार सार्वजनिक गरे। प्रतियोगितामा एमेच्योरतर्फ ७ विधामा प्रतिस्पर्धा हुनेछ। यसअन्तर्गत विभिन्न स्पर्धामा खेल हुनेछ।
उक्त प्रतियोगितापछि असार १४ गते संघकै आयोजनामा मंगलादेवी प्रोफेसनल के वान फाइट हुनेछ। पुरुषको चौथो तथा महिलाको तेश्रो संस्करण हुन लागेको हो। पुरुष÷महिला दुवैमा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषको विजेताले १० लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। आयोजकका अनुसार महिलामा पनि नगद पुरस्कार रहेको छ।


