काठमाडाैं। रियल मड्रिडले रियल ओभिएडाेमाथि २–० को सहज जित दर्ता गरेको छ। स्पेनिस ला लिगाअन्तर्गत घरेलु मैदानमा सम्पन्न खेलमा रियलले दुवै गोल दोस्रो हाफअघि र खेलकाे अन्त्यतिर गरेकाे हाे।
याे जितसँगै ३६ खेलबाट ८० अंक पूर्याएकाे छ। समान खेलबाट ९१ अंक जाेडेकाे बार्सिलाेनाले यसअघि नै लिगकाे उपाधि जितिसकेकाे छ।
खेलको ४४औँ मिनेटमा गोन्जालो गार्सियाले ब्राहिम डियाजको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए। पहिलो हाफभर दबाब बनाएको रियलले त्यसपछि पनि लगातार अवसर सिर्जना गरेको थियो।
दोस्रो हाफमा रियल ओभिएडाेले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेन। ८४औँ मिनेटमा हैसेम हसनको शक्तिशाली प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले उत्कृष्ट रूपमा बचाएपछि पाहुना टोली खेलमा फर्किन असफल रह्यो।
खेलको ८०औँ मिनेटमा जुड बेलिङ्घमले किलियन एमबाप्पेको पासमा गोल गर्दै रियलको जित सुनिश्चित गरे। एमबाप्पे दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए र उनले टोलीको आक्रमणलाई थप तीव्र बनाएका थिए।