एन्फामाथिको निलम्बन फुकुवा

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको अनिश्चितकालीन निलम्बन फुकुवा गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका खेलकुद सल्लाहकार सिद्दी व्यञ्जनकार, राखेपका सदस्य–सचिव रामचन्द्र मेहता, एन्फाका महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी तथा प्रवक्ता सुरेश शाहलगायतको बैठकपछि निलम्बन फुकुवा गर्ने सहमति भएको बताइएको छ।

एन्फाले भने आफूहरूमाथिको निलम्बन विनाशर्त फुकुवा गरिएको जनाएको छ। तर, राखेप स्रोतका अनुसार एन्फा जिल्ला तहदेखि चरणबद्ध निर्वाचन गर्न सहमत भएपछि निलम्बन हटाइएको हो।

राखेपले देशको कानुनविपरीत जबर्जस्ती ‘अर्ली इलेक्सन’ गर्न खोजिएको लगायतका आरोप लगाउँदै गत चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको