निरुता ठगुन्ना महिला भलिबल टोलीको कप्तान

काठमाडाैं। नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान निरुता ठगुन्ना बनेकी छिन्।

नेपाल भलिबल सघंले ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ओपन स्पाइकर निरुतालाई कप्तानको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

लामो समयदेखि राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुताले अब घरेलु तथा अन्तर्राष्ट्रिय कोर्टमा नेपाली टोलीको नेतृत्व सम्हाल्नेछिन्।

सम्भावना बोकेकी र अनुभवी खेलाडीका रूपमा चिनिएकी निरुतालाई कप्तानको जिम्मेवारी दिएसँगै नेपाली महिला भलिबलले नयाँ उचाइ लिने विश्वास लिएको छ।

यसअघिकी कप्तान अरुणा शाही अष्ट्रेलिया प्रस्थान गरेपछि महिला टिम कप्तान विहीन थियो। निरुताको कप्तानीमा नेपालले काभा महिला च्याम्पियनसिप खेल्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको