नेपाललाई १९६ रनको लक्ष्य, दीपेन्द्रले लिए ४ विकेट


काठमाडाैं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी खेलमा अमेरिकाले नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो।

अमेरिकाका लागि स्मित पटेलले सर्वाधिक ८३ रन बनाए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। शेहान जयसूर्याले ५० रनको योगदान दिए भने मिलिन्द कुमारले २८ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

हरमीत सिंह १४, शयान जहाँगीर ६, साइतेजा मुक्कामल्ला ४, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १,मोहम्मद मोहसिन शून्य तथा नोष्थुस केन्जिगे १ रनमा आउट भए।

नेपालका दीपेन्द्रसिंह ऐरीले ७ दशमलव ३ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट हात पारे। ललित राजवंशीले ९ ओभरमा ३५ रन खर्चिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको