एएफसी च्याम्पियन्स लिग:ओसाकाको ऐतिहासिक उपाधि, अल नासरलाई १–० ले पराजित

काठमाडाैं। एएफसी च्याम्पियन्स लिग टु २०२५–२६ को फाइनलमा जापानको गाम्बा ओसाकाले साउदी अरेबियाको अल नासरलाई १–० ले पराजित गर्दै उपाधि जितेको छ।

कडा प्रतिस्पर्धात्मक खेलमा गाम्बा ओसाकालाई जित दिलाउने निर्णायक गोल डेनिज हुमेटले ३०औँ मिनेटमा गरेका थिए। पहिलो हाफमै गरिएको उक्त गोल नै खेलको निर्णायक बन्यो।

दोस्रो हाफमा अल नासरले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि गाम्बा ओसाकाको रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो।

निर्णायक जितसँगै गाम्बा ओसाकाले एएफसी च्याम्पियन्स लिग टुको उपाधि आफ्नो नाममा लेखाएको छ। यस्तै, किस्टियानाे राेनाल्डाे फेरि यसफटक पनि उपाधि विहिन भएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको