स्कटल्यान्डलाई ६ विकेटले हराएसँगै नेपालको दुई स्थान सुधार


काठमाडौं। कप्तान रोहितकुमार पौडेल र इशान पाण्डेको सानदार ब्याटिङसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा दुई स्थान सुधार गरेको छ।

सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै २७ खेल खेलेको नेपालले २२ अंक पुर्‍याएको छ। योसँगै नेपालले नामिबिया र क्यानडालाई पनि उछिनेको छ। एक खेल बढी खेलेको नामिबियाको २२ र तीन खेल कम खेलेको क्यानडाको २१ अंक छ।

स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो।

नेपालका कप्तान रोहितले अविजित ७४ रन बनाए। ९८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।

६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ‌ओपनर आसिफ शेख २९ र कुशल भुर्तेल २८ रनमा आउट भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको