लिग–२ : अमेरिकाविरुद्ध स्कटल्यान्ड १६९ रनमा अलआउट


काठमाडाैं। विश्वकप लिग–२ अन्तर्गत किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी खेल स्कटल्यान्ड १६९ रनमा अलआउट भएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्ड ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १६९ रनमा समेटिएको हो।

याेसँगै अमेरिकाले जितकाे लागि १७० रनकाे लक्ष्य पाएकाे छ।

स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रन बनाए। उनले ८५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। ब्रेन्डन म्याकमुलेनले ३२ रन जोड्दा म्याथ्यु क्रसले २० रनको योगदान दिए। जर्ज मुन्सीले १९ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

अमेरिकाका रुसिल उगारकरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सौरभ नेत्रभाल्करले ३ विकेट झारे भने शुभम रञ्जनेले २ विकेट हात पारे। हरमित सिंहले १ विकेट लिए।

स्कटल्यान्डले नियमित अन्तरालमा विकेट गुमाएको थियो। १.२ ओभरमा १० रन हुँदा पहिलो विकेट गुमाएको टोली १४.५ ओभरमा ६१ रनमै पाँच विकेट गुमाएर दबाबमा परेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको