साफ महिला च्याम्पियनसिप खेल्न टोलीलाई बिदाइ


काठमाडौं। भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप २०२६ खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिहीबार बिदाइ गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, मन्त्रालयका सल्लाहकार सिद्धि ब्याञ्जनकार र राजु सिंह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु तथा कोषाध्यक्ष रविन्द्र जोशी ले टोलीलाई सफलताको शुभकामना दिएका थिए।

प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने तालिका रहेको छ।

साफ च्याम्पियनसिप भारतको गोवामा जेठ ११ गते (मे २५ ) देखि सुरू हुँदैछ। जहाँ ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल ग्रुप ‘ए’ मा श्रीलंका र भुटान रहेका छन्। ग्रुप ‘बी’ मा भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको