नेपालले बनायो ३१७ रन


काठमाडौं। नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अमेरिकाविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको विशाल योगफल तयार गरेको छ। नेपालको इनिङ्समा ईशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले शानदार प्रदर्शन गरे।

नेपालका ईशान पाण्डेले ८३ बलमा ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाए। ओपनर आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रनको योगदान दिए। कप्तान रोहित पौडेलले ४६ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै ३६ बलमा ५९ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे।

अन्त्यतिर आरिफ शेख १८ रनमा अविजित रहँदा गुल्शन झाले १५ रन बनाए। नेपालले अतिरिक्तबाट १७ रन प्राप्त गर्यो।

अमेरिकाका लागि शुभम रञ्जनेले १० ओभरमा ६१ रन खर्चेर ३ विकेट लिए। रुशिल उगारकर र मिलिन्द कुमारले समान १–१ विकेट हात पारे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको