काठमाडाैं। नेपाल क्रिकेट संघले सिंगापुरमा आयोजना हुने पुरुष एसियन गेम्स छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ। प्रतियोगिता सन् २०२६ मे ३१ देखि जुन ९ सम्म सञ्चालन हुनेछ।
नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्ने भएका छन्। घोषित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीलगायत खेलाडी समावेश छन्।
घोषित नेपाली टोली यसप्रकार रहेको छः
१. दीपेन्द्र सिंह ऐरी (कप्तान)
२. कुशल भुर्तेल
३. आसिफ शेख
४. रोहित पौडेल
५. सन्दीप जोरा
६. कुशल मल्ल
७. लोकेश बम
८. सन्दीप लामिछाने
९. शेर मल्ल
१०. नन्दन यादव
११. आरिफ शेख
१२. सोमपाल कामी
१३. करण केसी
१४. साहब आलम


