काठमाडौँ। एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मङगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ।
सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। सो सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई खेल सामाग्री उपलब्ध गराउनेछ।
यसैगरी ओलम्पिक कमिटीले पनि आफ्नो प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ। गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल समाग्री उपलब्ध गराएको थियो।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोशाक लगाउने जानकारी दिए। उनले भने– ‘पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रुपमा स्वीकारेका हौँ। पेलियोटको पोशाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउनेछ।’