नेपालको विजयी सुरुआत

काठमाडौं। एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ।

मलेसियामा बुधबारबाट सुरु भएको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्‍यो। कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा विन्दु रावलले ३३ रन तथा पूजा महतोले अविजित २८ रन बनाइन्।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले कतारलाई १६.५ ओभरमा ७६ रनमा अलआउट गरेको थियो। कतारका लागि गितरुड चण्डिरुले सर्वाधिक २५ रन बनाइन्।

नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने कविता कुँवर, रिया शर्मा र पूजा महतोले समान १–१ विकेट लिए।

प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालले दोस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ। एसिया कप छनोटको रूपमा रहेको प्रतियोगितामा १८ राष्ट्र सहभागी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको