काठमाडाैं। तेस्राे संस्करणकाे एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ त्रियोग उच्च माध्यमिक विद्यालयले पहिलाे जित दर्ता गरेकाे छ।
तल्लाे मूलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा त्रियाेगाले क्रियटिभ एकेडेमीलाई २ रनले पराजित गर्याे।
जितका लागि ११९ रनको लक्ष्य पछ्याएको क्रियटिभ एकेडेमी १९.१ ओभरमा ११६ रनमा अलआउट भयाे। क्रिएटिभका लागि सम्योग अर्यालले ४३ तथा कप्तान पियुष राज भट्टाले ४१ रनको योगदान दिए।
त्रियोगका आर्यन नेपालले ४ विकेट लिए। साइमन्ड भण्डारीले ३ तथा सम्पूर्ण सापकोटा र दीप गुरुङले समान १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर ब्याटिङ गरेको त्रियोगले १८.३ ओभरमा ११८ रनमा समेटिएको थियो। टोलीका लागि दीप गुरुङले सर्वाधिक २६ तथा सक्सेस पैजाले १६ रन बनाए। त्रियोगको इनिङ्समा अतिरिक्तबाट मात्रै ४८ रन प्राप्त भएको थियो।
जितसँगै समूह बी मा रहेकाे त्रियाेगाले पहिलाे जित दर्ता गरेकाे छ। यसअघि त्रियाेगा सैनिक आवासीय महाविद्यालयसँग पराजित भएकाे थियाे।