एन्जल्स हार्टको फराकिलो जित

काठमाडौं। तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत एन्जल्स हार्ट नेसनल स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलमाथि १४७ रनको शानदार जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गरेको एन्जल्स हार्टले निर्धारित १४ ओभरमा २ विकेट गुमाउँदै १७३ रनको विशाल योगफल तयार गरेको थियो। कप्तान सन्दीप साउदले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १४ चौका र ४ छक्कासहित अविजित १२६ रन बनाए। प्रयुष उप्रेतीले ११ तथा अभिषेक कठायतले १२ रनको योगदान दिए।

जवाफमा १७४ रनको लक्ष्य पछ्याएको ज्ञान मन्दिर ७.५ ओभरमै २६ रनमा अलआउट भयो। कुशल बीसीले सर्वाधिक ७ तथा सुसन गोटामेले ८ रन बनाए पनि अन्य ब्याटरले प्रभाव जमाउन सकेनन्।

एन्जल्स हार्टका लागि सन्दीप साउद र निरव गर्बुजाले समान २–२ विकेट लिए। प्रशान्तकुमार रोकाया, आयुष्मान भट्टराई, निशान साउद र अनिल धोनी महतोले समान १–१ विकेट हात पारे।

ब्याटिङमा अविजित १२६ रन र बलिङमा २ विकेट लिएका सन्दीप साउद एन्जल्स हार्टको जितका प्रमुख नायक बने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको