नेपालले भुटानलाई ५१ रनले हरायो

काठमाडौं। रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनसँगै नेपाल एसीसी महिला प्रिमियर कपको शानदार जित दर्ता गरेकाे छ।

बिहीबार सम्पन्न खेलमा नेपालले भुटानलाई ५१ रनले हराएको हो। योजितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ।

नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो। भुटानकी देचेन वाङ्मोले सर्वाधिक ३९ रन बनाइन्।

नेपालकी रुविनाले ३ विकेट लिइन्। रिया शर्माले २ विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान १ विकेट राखे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै गुमाएर ११३ रन बनाएको थियो।

नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। रुविनाले भने २१ बलमा ३ चौकासहित २४ रन बनाइन्। यी दुईबीच आठौं विकेटका लागि ३१ बलमा ४० रनको साझेदारी भएको थियो।

सोनी पाख्रिन ११३ र सम्झनाकुमारी खड्का १० रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको