द सेलिब्रेसन र पिक पोइन्टको खेल रद्द

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार द सेलिब्रेसन सहशिक्षा विद्यालय र पिक पोइन्ट एकेडेमीबीचको खेल वर्षाका कारण रद्द भएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सेलेब्रेसनले ३ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएको थियो। उसका लागि एरोन लामिछानेले १ रन र सत्कार केसीले ४ रन जोडे।

इनिङ्सको क्रममा इशान भट्टराई ३ रनमा अविजित रहे भने शिवम निरौला २ रनमा नटआउट रहे।

पिक पोइन्ट एकेडेमीका जीवन बुढाले २ ओभरमा ९ रन दिँदै १ विकेट लिए भने स्यामुएल ताम्राकारले १ विकेट हात पारे।

तर लगातार वर्षा परेपछि खेल पुनः सुरु हुन नसकी खेल रद्द भयाे। याेसँगै दुवै टाेलीले खेलमा एक एक अंक बाँडे। याे सँगै याे समूह ‘एच’ पहिलाे खेलमा पुलिस स्कुलसँग पराजित भएकाे सेलिब्रेसन बाहिरिएकाे छ भने पिम पाेइन्टले क्वाटरफाइनलमा स्थान बनाउन पुलिसलाई हराउनु पर्नछ।

प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रा.लि। रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ। एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन्। साथै विभिन्न बैंक, शैक्षिक संस्था तथा व्यावसायिक प्रतिष्ठानहरूले प्रतियोगिता सञ्चालनमा सहयोग पुर्‍याएका छन्।

प्रतियोगिता सम्पन्न गर्न सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, डार्क फ्यान्टासी चोको रोल्स, आयुष इन्टरनेशनल ओभरसिज सर्भिसेज प्रा.लि, पिक पोइन्ट एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल, गरिमा विकास बैंक लिमिटेड, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, डीएभी स्कूल, यती एयरलाइन्स, लकर रुम, हिमालयन बैंक लिमिटेड, एक्स्ट्रिम इनर्जी ड्रिंक,पाईलट पेन, होप हस्पिटल  र लोकल थकालीको सहयोग रहेको आयोजकले जनाएको छ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको