स्वराजको अलराउण्ड प्रदर्शनमा जेम्स स्कुल क्वाटरफाइनलमा

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जारी तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगितामा जेम्स स्कुलले लिभरपुल सेकेन्डरी स्कुललाई १० विकेटले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।

समूह जी काे विजेता बन्दै जेम्स अन्तिम आठमा प्रवेश गरेकाे हाे।

तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लिभरपुल सेकेन्डरी स्कुल १३ ओभरमा ५२ रनमै अलआउट भयो।

लिभरपुलका लागि युवराजकुमार झाले सर्वाधिक १९ रन बनाए। प्रणव धामीले ९ तथा अभिषेक चौहानले ७ रन जोडे।

May be an image of text that says "JAY KOMAK U-16 INTER CRICKET TOURNAMENT 2083 (19 25 JESTHA) asian E-LEARNING CANI asian E-LEAANING asian E-LEARNING IC eSewa eSewa e-Sewa ewa ਲਮरੇष्ट e-Sewa eSewa लिमिटेड asi 백전들게 REME ORIKIA asian E-LEARNING wa asian E-LEARNING +puradas eSewa ași E- IR LOCER ©Dark Fantasy chocorolls GEMS HUNDERBU TS गरिमा Garima AYUSH International Brenee5anieasPe.ind WORLD Player Matcb IC PAY CAN Galaxy Public Scho PLAYER OF THE MATCH SUM OF NPR. THOUSAND FIVE HUNDRED ONLY WORLDLINK DLINK asian E-LEARNING eSewa IICRTNASNAC 1,500/- LIC asian E-LEARNING +DUREMAIAL rterpational PILOT Onsesfioes एभरेष्ट सिमिटेड EOALE THAKALI HOPE HOSPITAL Galaxy Pubic ubicSchoo School Yeti Airlines"

जेम्सका लागि स्वराज चौलागाईंले ३ विकेट लिए। प्रगव पाण्डेले २ विकेट लिए भने प्रचेत लाखोटिया, अञ्जन झा र आरव ज्ञवालीले समान १–१ विकेट हात पारे।

५३ रनको सामान्य लक्ष्य पछ्याएको जेम्सले मात्र ४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो।

स्वराज चौलागाईं ११ बलमा ४ चौकासहित २० रन बनाएर अविजित रहे भने सुदिश पौडेल १३ बलमा १६ रनमा अविजित रहे। अतिरिक्तबाट जेम्सले १७ रन प्राप्त गरेको थियो।

जेम्स स्वराज चौलागाईं ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको