काठमाडाैं। बंगलादेशलाई हराउँदै घरेलु टाेली भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
गोवास्थित पण्डित जवाहरलाल नेहरु रंगशालामा शनिबार सम्पन्न फाइनलमा भारतले बंगलादेशलाई ३–१ ले हराउँदै उपाधि जितेकाे हाे। भारतकाे जितमा प्यारी सासा, सनफिदा र लिन्डाले एक एक गोल गरिन्।
बंगलादेशका लागि ऋतुपोर्ना चक्माले गरेकाे एक गाेल सान्त्वना बन्याे। समूह चरणमा पनि भारतले बंगलादेशलाई ३–० ले हराएको थियो। पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार उपाधि जितेको भारत नवौं संस्करणमा आएर घरेलु मैदानमा फेरि विजेता बनेको छ।
याेससँगै भारतले समग्रमा छैटौं पल्ट उपाधि उचालेकाे छ। यता, बंगलादेश दुई पल्ट च्याम्पियन बन्याे। भारतले पछिल्लो दुई संस्करण जितेको थियो। सन् २०१६ को फाइनलमा पनि भारतले बंगलादेशलाई नै हराएको हो।