अपराजित रहँदै नेपाल च्याम्पियन

काठमाडौं। नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा हङकङलाई पराजित हराउँदै नेपाल च्याम्पियन बनेको छ।

वर्षाको कारण खेल रोकिएपछि नेपाल डिएल पद्दतिका अनुसार नेपाल १९ रनले विजयी भएको हो।

हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटमा ११४ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्कासहित उनले ६५ रन बनाए।

कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। रोहित ३५ र एक सयौं टी-२० आई खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहँदा खेल रोकिएको थियो।

त्यसअघि पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएका छ। नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।

हङकङका लागि अंशुमन रथले ८०, सहिद वासिफले ५५, शिव माथुरले २६ रन बनाए। नेपाल र हङकङसहित ओमान र मलेसिया पनि यसै वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भैसकेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको