काठमाडौं। तेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग(एनपिएल) का लागि चितवन राइनोजले कप्तान तथा मार्की खेलाडी कुशल मल्लसहित ७ खेलाडी रिटेन गरेको छ।
चितवनले शुक्रबार सामाजिक संजालमार्फत कुशलसहित देव खनाल, कमलसिंह ऐरी, रञ्जित कुमार, अर्जुन साउद, दिपक बोहोरा र रिजन ढकाललाई रिटेन गरेको जनाएको छ।
चितवनले ७ खेलाडी रिटेन गर्दा ४ खेलाडीलाई रिलिज गरेको छ। चितवनले अमरसिंह राउटेला, विपिन आर्चाय, गौतम केसी र विपिन रावललाई रिलिज गरेको छ।
चितवनले पहिलो संस्करणमा प्लेअफमा स्थान बनाएको थियो। गत संस्करण चितवन लिगको सातौं स्थानमा रहेको थियो।