काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि पोखरा एभेन्जर्सले रिटेन तथा रिलिज गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ।
टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित अर्जुन कुमाल, दिनेश खरेल, विपिन खत्री, आकाश चन्द, सागर ढकाल र किरण कुमार थगुन्नालाई आगामी सिजनका लागि निरन्तरता दिएको छ।
यस्तै, कृष्ण पौडेल, त्रितराज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गरिएको क्लबले जनाएको छ।
पोखरा एभेन्जर्सले सिजन ३ का लागि अक्सनमार्फत थप बलियो टोली निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।