काठमाडौं। तेस्रो बागमती प्रदेश खेलकुद २०२६ अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ।
गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। चितवनका लागि हेलिशा गुरुङले अविजित ४७ तथा लक्ष्मी माया रुम्बा लामााले ३८ रनको योगदान दिइन्। काठमाडौंका लागि अश्मिना कर्माचार्य, कृष्मा गुरुङ र बसन्तीकुमारी साउदले समान १–१ विकेट लिए।
१०० रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। कञ्चन श्रेष्ठले ४२ रन, उषा भण्डारीले १७ तथा अश्मिना कर्माचार्यले अविजित ९ रन बनाइन्। चितवनका लागि निशा तामाङ, हेलिशा गुरुङ र लक्ष्मी माया रुम्बा लामाले समान १–१ विकेट लिए।
उत्कृष्ट प्रदर्शन गरेकी कञ्चन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भइन्।