पोर्चुगलमा युरोप टी–१० क्रिकेट आयोजना हुँदै

काठमाडाैं। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म पोर्चुगलको राजधानी लिस्बनमा ‘युरोप टी–१० क्रिकेट टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ।

आयोजकका अनुसार युरोपभर रहेका नेपाली समुदायको सहभागिता रहने यो युरोपकै पहिलो नेपाली टी–१० क्रिकेट प्रतियोगिता हो। प्रतियोगिता हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिसहित सञ्चालन गरिने जनाइएको छ।

प्रतियोगिताका सबै खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिनेछन्। यस प्रतियोगिताले युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको