काठमाडाैं। टोप्सको वार्षिक कार्यक्रमअनुसार संस्कृति शिक्षा सदनको आयोजनामा १० औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा सिनियर÷जुनियर ब्वाइज तथा सिनियर गल्र्समा गरी ३ विधामा प्रतिस्पर्धा हुने टोप्सका अध्यक्ष भरतमणि पोखरेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
प्रतियोगितामा १५ टिमको सहभागिता रहने तेजस्वी एकेडेमीका प्रिन्सिपल थिरबहादुर बस्नेतले जानकारी दिए। सहभागी टिममा ल्यान्डमार्क एकेडेमी, नवोदित विद्या कुञ्ज, निम्बल एकेडेमी, स्वेता सदन, ह्वाइट हेभेन एकेडेमी, इडिफाइ इन्टरनेसनल स्कुल, संस्कृति शिक्षा सदन, तेजस्वी, पास्कल इन्टरनेसनल एकेडेमी, संस्कार स्कुल, बेलमोन्ट इन्टरनेसनल स्कुल, गण्डकी बोर्डिङ स्कुल, काठमाडौं लिटिल ब्लोजम्स, किन्डर गार्तेन र लालीगुराँस विद्या कुञ्ज रहेका छन्।
विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने छ । चारदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको लोलाङस्थित आयोजक संस्कृतिमा हुनेछ।