काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कुशल भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापछि नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धनका विभिन्न अभियानमा भुर्तेललाई सहभागी गराउने जनाएको छ।