अल नासरको विजयी सुरुआत

काठमाडौं। साविक विजेता अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ। नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको अल नासरले पहिलो खेलमा अल फतेहमाथि ३–० को सहज जित निकालेको हो।

अल नासरको जितमा एन्जेलो गाब्रिएल, जोआओ फेलिक्स र सामु कोस्टाले गोल गरे।

खेलको ३७औँ मिनेटमा एन्जेलो गाब्रिएलले गोल गर्दै नासरलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि फेलिक्सले गोल थपेपछि पहिलो हाफमै अल नासर २–० ले अघि रह्यो।

दोस्रो हाफमा पनि अल नासरले आफ्नो दबदबा कायम राख्यो। ७३औँ मिनेटमा सामु कोस्टाले गोल गर्दै टोलीको जित ३–० ले सुनिश्चित गरे।

रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको अल नासरले तीन अंकसँगै उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको छ। नयाँ सिजनको पहिलो एक खेलसकिँदा नासर शीर्ष स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको