नखिपोट फोल्क्स फुटसल भदौ १९ देखि

काठमाडाैं। नखिपोट फोल्क्सको आयोजनामा प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिता भदौ १९ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा करिब ३२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका संयोजक समित बेघा लिम्बूले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५ हजार नगद पुरस्कार हात पार्ने छन्।

हरेक टिमले ३ जना राष्ट्रिय फुटसल खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ। इच्छुकले भदौ १७ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने छ।

संयोजक लिम्बूले नेपालमा पनि महिला फुटसलको क्रेज बद्दै गएकाले महिला खेलाडीले पनि अवसर पाउन् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले प्रतियोगिताले हरेक वर्ष निरन्तरता पाउने बताए। दुईदिने प्रतियोगिता खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको