काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार राति क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा सम्पन्न खेलमा पाहुँना टोली सिटी ४–१ गोलले विजयी भयो।
सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा रयान चेर्कीले दुई गोल गरे। प्यालेसले भने एक गोल उपहार पाएको थियो। सिटीका जियानलुइजी डोनारुम्माले आत्मघाती गोल गरेका थिए।
खेलको १७औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ५४औं मिनेटमा चेर्कीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए।
यस जितसँगै सिटीले लगातार दुई खेलमा दुई जित निकाल्दै ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ।