बायर्नको उपाधि रक्षा अभियानको सुखद सुरुआत

काठमाडौं। जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै साविक विजेता बायर्न म्युनिखले भीएफबी स्टुटगार्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै उपाधि रक्षा अभियानको सुखद सुरुआत गरेको छ।

बायर्नका लागि दायोट उपामेकानोले २१औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै ५२औँ मिनेटमा जोशा भाग्नोमानले स्टुटगार्टका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

तर बराबरी लामो समय टिकेन। ५५औँ मिनेटमा माइकल ओलिसेले गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए। त्यसको केही समयमै ५७औँ मिनेटमा भोग्नोमानकै आत्मघाती गोल भएपछि बायर्न ३–१ ले अघि बढ्यो।

त्यसपछि ८२औँ मिनेटमा अलेक्जान्डर पाभ्लोभिचले चौथो गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा लुइस डियाजले गोल थप्दै बायर्नलाई ५–१ को शानदार जित दिलाए।

यस जितसँगै बायर्नले तीन अंक जोड्दै नयाँ सिजनको उत्कृष्ट सुरुआत गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको