काठमाडौं। इटालियन सिरी ‘ए’ अन्तर्गत लिगको दोस्रो खेलमा एसी मिलानले भेनेजियालाई २–० गोलले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ।
मिलानको जितमा गोन्कालो रामोसले ६९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा रेडुआन हलहलले आत्मघाती गोल गरेपछि मिलानले २–० को जित पक्का गर्यो।
यससँगै मिलानले सिरी ‘ए’मा सुरुआती दुवै खेल जित्दै ६ अंक जोडेको छ। खेल मिलानको घरेलु मैदान सान सिरोमा भएको थियो।