काठमाडौं। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले आज भिक्टोरिया क्रिकेट एसोसिएसन–११ विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार आज दिउँसो १:१५ बजेबाट सुरु हुनेछ।
भिक्टोरियाले यसअघि खेलेका पाँचमध्ये चार खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपाल भने यस खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्यसँगै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ।
नेपालले जित निकाल्दा ६ अंक पुग्नेछ। तर सेमिफाइनलमा पुग्नका लागि नेट रनरेट पनि महत्वपूर्ण हुनेछ। त्यसैले नेपाललाई भिक्टोरियाविरुद्ध ठूलो अन्तरको जित आवश्यक पर्ने अवस्था रहेको छ।