अन्तिम समयमा दुई गोलले पीएसजीको हार टर्‍यो, लिलसँग २–२ को बराबरी

काठमाडौं। फ्रेन्च लिग–१ को नयाँ सिजनको दोस्रो खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिलसँग २–२ गोलको बराबरी खेल्दै एक अंकमा चित्त बुझाएको छ।

लिलले घरेलु मैदानमा २१औँ मिनेटमा हाकोन हाराल्डसनको गोलमार्फत अग्रता लिएको थियो। त्यसपछि ८४औँ मिनेटमा दिलाने बाक्वाले गोल गर्दै लिलको अग्रता २–० बनाए।

दुई गोलले पछि परेको पीएसजीले खेलको अन्त्यतिर उत्कृष्ट पुनरागमन गर्‍यो। भिटिन्हाले इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै अन्तर घटाए भने मार्किन्होसले पाँचौं मिनेटमा बराबरी गोल गरे।

यससँगै पीएसजीले नयाँ सिजनका सुरुआती दुवै खेलमा बराबरी खेलेको छ भने लिलले दुई खेलबाट ४ अंक जोडेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको