काठमाडाैं। साउदी प्रो लिगको चौथो चरणमा अल हिलालले घरेलु टोली अल खालिजलाई ५–१ गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ।
प्रिन्स मोहम्मद बिन फहद रंगशालामा अल हिलालले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। १५औँ मिनेटमा मोहम्मद मेइते, २९औँ मिनेटमा सर्गेई मिलिन्कोभिच–साभिच, ४०औँ मिनेटमा थियो हर्नान्डेज र ४३औँ मिनेटमा क्रिसेन्सियो समरभिलले गोल गरे। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुल्तान मन्दासले पाँचौँ गोल थपे।
अल खालिजका लागि ३८औँ मिनेटमा सालेह अल–अम्रीले एक गोल फर्काए पनि अल हिलालको जित रोक्न सकेनन्।
यस जितसँगै अल हिलालले तीन खेलबाट नौ अंक जोडेर दाेस्राे स्थानमा रहँदा साविक विजेता अल नासर ४ खेलमा चार १२ अंकसहित शीर्ष स्थानमा छ।