नटिङ्घमसँग बराबरीमा रोकियो लिभरपुल

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लिभरपुल नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

लिभरपुलकाे घरेलु मैदान एनफिल्डमा शनिबार भएको खेलमा नटिङ्घम फरेस्टका डान एनडोयेले २४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा लिभरपुलका अलेक्जेन्डर इसाकले ६०औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

७०औँ मिनेटमा मोर्गन गिब्स–ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै फरेस्टलाई पुनः अग्रता दिलाए। तर, लिभरपुलका भिक्टर मुनोजले ८२औँ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

बराबरीसँगै लिभरपुलले दुई खेलबाट २ अंक जोडेको छ भने नटिङ्घम फरेस्टको पनि दुई खेलबाट १ अंक भएको छ। तालिकामा लिभरपुल १०औँ र फरेस्ट १२औँ स्थानमा छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको