काठमाडौं। कप्तान लियोनल मेस्सीको ह्याट्रिकप्रेरित प्रदर्शनमा इन्टर मियामीले मेजर लिग सकर ९एमएलएस० मा सीएफ मोन्ट्रियलमाथि ७–१ को शानदार जित निकालेको छ।
इन्टर मियामीको जितमा मेस्सीले ५२औँ, ८३औँ र इन्ज्युरी समयको छैटौँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। कासेमिरोले २०औँ मिनेटमा गोल गर्दा मोन्ट्रियलका लुका पेट्रासोले ४०औँ मिनेटमा आत्मघाती गोल गरेका थिए। लुइस सुआरेजले ८०औँ तथा अलेक्जेन्डर शाले ८९औँ मिनेटमा गोल थपे।
मोन्ट्रियलका लागि फाबियन हर्बर्सले ३७औँ मिनेटमा एक गोल फर्काएका थिए।
यो जितसँगै इन्टर मियामीले २१ खेलबाट १२ जित, ६ बराबरी र ४ हारसहित ४२ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको छ। मोन्ट्रियल भने २१ खेलबाट ५ जित, ६ बराबरी र १० हारसहित २१ अंकमा १४औँ स्थानमा छ।